Skip to content
LAXMI SUNRISE BANK

सिल्भर बटनलाई युट्युबले क्रिएटर अवार्ड भनेजस्तै इन्फोसिसले दिएको अवार्डको अपव्याख्या गर्दै सिद्धार्थ बैंक !

अर्थ सरोकार

काठमाडौँ । करोडौँको बिजनेश दिएपछि सिद्धार्थ बैंक लिमिटेडलाई भारतीय टेक कम्पनी इन्फोसिस लिमिटेडले दिएको अवार्डलाई सिद्धार्थ बैंकले अन्तराष्ट्रिय अवार्ड पाएको भन्दै दुष्प्रचार गरेको पाइएको छ । बैंकले एक सार्वजनिक विज्ञप्ति मिडियालाई पठाएर बैंकले अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको भन्दै भ्रम छरेको हो । जबकी, भारतीय टेक कम्पनीले आफ्नो फिनालक सफ्टवेयर प्रयोग गर्ने कम्पनीहरुमध्ये अवार्ड पाउन इच्छुकहरुबाट आवेदन दिएर सो टोकन प्रदान गर्ने गरेको छ ।

युट्युबले १ लाख सब्स्क्राइबर कटेपछि क्रिएटर अवार्ड भन्दै युट्युबरलाई सिल्भर बटन दिन्छ । यसको अर्थ युट्युबले युट्युबरको कन्टेन्ट उत्कृष्ट भएर त्यस्तो अवार्ड दिएको होइन । त्यस्तै, इन्फोसिसले पनि आफ्नो फिनालक सफ्टवेर प्रयोग गर्ने बैंकहरुबाट अवार्ड भन्दै आवेदन माग्छ । 

बैंकले आवेदन दिएपछि इन्फोसिसले सो अवार्ड दिन्छ । सिद्धार्थ बैंकले पाएको सबैभन्दा बढी कष्टमर इन्गेजमेन्ट भएको भन्दै सो अवार्ड दाबी गरेको थियो । युट्युबको क्रिएटर अवार्ड नामको सिल्भर बटन पाउन पनि युट्युबरले आवेदन दिनुपर्छ । आवेदन दिएपछि सो अवार्ड पाइन्छ । सिद्धार्थ बैंकको हकमा त झन्, सबैभन्दा बढी कष्टमरको इन्गेजमेन्ट पाएकै भरमा अवार्ड नाम दिएर सो अप्रिसिएसन टोकन दिइएको छ । तर, बैंकले भने ठूलै प्रतिष्ठित अवार्ड भनेर दुष्प्रचार गरेको छ ।   

बैंकले विज्ञप्तिमार्फत विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको कडा मूल्यांकन गरी यो अवार्ड प्रदान गरिने भन्दै झुट बोलेको छ । जबकी आवेदन दिने आफ्ना ग्राहकहरुलाई कम्पनीले दिने यो सामान्य अप्रिसिएसन टोकन मात्र हो ।

यस्तो हाकाहाकी झुट बोलिएको यस विषयमा धारणा लिन खोज्दा भने बैंकका  सूचना अधिकारी प्रशन्न खड्काले ३ पटकसम्म फोन उठाएनन् । बैंकका गुनासो सुनुवाइ अधिकृत सुरेश महर्जनले भने विज्ञापन एजेन्सीले सो प्रेस रिलिज पठाएको बताए । उनले ब्लिट्ज मिडिया नामक एजेन्सीले सो प्रेस रिलिज मिडियालाई पठाएको पुष्टि गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK