काठमाडौँ । बैंकका सिइओहरुले नियमविपरीत सेवा-सुविधा लिइरहेको खुलासा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन २०२४/२५’ ले बैंकका सिइओहरुले नियमविपरीत बैंकबाट सेवा-सुविधा लिइरहेको खुलासा गरेको हो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले बैंककै खर्चमा घरमा काम गर्ने कामदार राखेको समेत भेटिएको छ ।
अर्कोतर्फ सिइओहरुले ठूलो संख्यामा सुरक्षा गार्डसमेत राख्ने गरेको पाइएको छ । यसो त सिइओका लागि ‘घरेलु कामदार’ र सुरक्षा गार्डको प्रावधान सम्झौतापत्रमै राखेको भेटिएको छ । तर, राष्ट्र बैंकले उक्त कार्यलाई गम्भीर नीतिगत विचलन भनेको छ ।

त्यस्तै, वाणिज्य बैंकका सिइओहरुले आफ्नो अधिकारक्षेत्र नाघेर बैंकको सुरक्षा र नियन्त्रण गर्ने विभागहरुको स्वतन्त्रताको ख्यालै नगरी बैंकको आन्तरिक लेखापरीक्षण प्रमुख र मुख्य जोखिम अधिकृतको कार्यसम्पादन मूल्यांकन गर्ने गरेको पनि राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यति मात्र होइन, कतिपय बैंकहरुमा कर्जा प्रवाह भएको केही समयमै उक्त रकम बैंक सञ्चालक वा सञ्चालसँग सम्बन्धित व्यक्तिको खातामा ट्रान्सफर भएको पनि राष्ट्र बैंकको प्रतिवेदनले खुलासा गरेको छ । यसले बैंकहरुले कर्जा व्यवस्थापनमा चरम लापरवाही गरेको र आफ्नै संस्थाको स्रोतको दुरुपयोग गरेको प्रष्ट भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, बैंकहरुले खराब कर्जा लुकाएको, ऋणीले साँवा र ब्याज तिर्न नसकेपछि ऋण मिलान गर्न थप कर्जा दिएको तथा पुरानो ऋण तिर्न नयाँ कर्जा दिएको जस्ता गम्भीर लापरवाही गर्ने गरेको पनि राष्ट्र बैंकले खुलासा गरेको छ । यसले कागजी रुपमा हेर्दा बैंकको वित्तीय अवस्था ठिकठाक देखिए पनि वास्तविक वित्तीय अवस्था भने देखिएको भन्दा साह्रै कमजोर हुनसक्ने राष्ट्र बैंकको प्रतिवेदनमा शंका गरिएको छ ।

यसबाहेक राष्ट्र बैंकको प्रतिवेदनमा बैंकहरुले प्रशिक्षार्थीकै भरमा लेखापरीक्षण गराएर लेखापरीक्षणमा लापरवाही गरेको, सुरक्षा गार्डबिना असुरक्षित रुपमा मोटरसाइकलमा रकम ओसारपसार गर्ने गरेको लगायतका गम्भीर विषय उल्लेख गरेको छ । त्यस्तै, राष्ट्र बैंकले बैंक सञ्चालकहरुको कार्यशैलीमाथि पनि प्रश्न उठाएको छ । यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन:
639170338578992374
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्