Skip to content
LAXMI SUNRISE BANK

अमेरिका र इरानबीच युद्धविराम, अन्तराष्ट्रिय सेयर बजारमा उछाल !

अर्थ सरोकार

काठमाडौँ । अन्तराष्ट्रिय सेयर बजारमा एकाएक उछाल आएको छ । अमेरिका र इरानबीच युद्धविरामको औपचारिक घोषणा भएसँगै अन्तराष्ट्रिय बजारमा एकाएक उछाल आएको हो । 

हाल एशिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल आएको छ । अमेरिका र इरानबीच युद्धविरामका लागि सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक घोषणा गरेका छन् । त्यसलगत्तै बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । 

युद्धविरामको खबर बाहिरिएसँगै जापानको निक्केई २२५ सूचकांक ५ प्रतिशतभन्दा बढीले बढेको छ । यता दक्षिण कोरियाको कोस्पी पनि ५.७ प्रतिशतले बढेको छ भने ताइवानको ताइएक्स २.७ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० सूचकांक १.५ प्रतिशतले बढेको छ । 

युद्धविरामको सहमतिसँगै अन्तराष्ट्रिय बजारका लगानीकर्ता उत्साहित हुँदा बजारमा उछाल देखिएको सेयर विश्लेषकहरुले बताएका छन् । 

हाल अन्तराष्ट्रिय बजारमा सेयर बजार मात्र उकालो लागेको छैन, बरु कच्चा तेलको मूल्य समेत ह्वात्तै घटेको छ । विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ । 

अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात ४.७२ प्रतिशतले घटेर ८०.८७ डलर कायम भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK