Skip to content
LAXMI SUNRISE BANK

सोमबार १२.२६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सोपान फर्मासयुटिकलसका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK