काठमाडौँ । अस्ट्रेलियाको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ अस्ट्रेलिया’ (आरबीए) ले ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको छ । विश्वव्यापी तेल आपूर्तिमा देखिएको अवरोधका कारण मुद्रास्फीति (महँगी) अझै केही समय उच्च रहने जोखिमलाई मध्यनजर गर्दै बैंकले यस्तो कदम चालेको हो ।
आरबीएको मौद्रिक नीति सञ्चालक समितिको दुई दिने बैठकले नगद दरको लक्ष्यलाई ४.३५ प्रतिशतमा नै यथावत राख्ने सर्वसम्मत निर्णय गरेको छ । यो निर्णय अर्थशास्त्रीहरूले गरेका पूर्वअनुमान अनुरूप नै रहेको छ ।
अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) को पछिल्लो तथ्याङ्क अनुसार अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मार्चको ४.६ प्रतिशतबाट घटेर अप्रिलमा ४.२ प्रतिशतमा झरेको छ । मुद्रास्फीति दरमा केही गिरावट आएपनि इन्धनको बढ्दो मूल्यले समग्र महँगीमा प्रत्यक्ष चाप थपेको बैंकको ठहर छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो इन्धनको मूल्य अन्य वस्तु तथा सेवाको मूल्यमा पनि प्रतिबिम्बित भइरहेको संकेतहरू देखिएका छन्, जसका कारण मुद्रास्फीति केही समयसम्म उच्च रहन सक्छ ।’
तेलको मूल्य वृद्धिको प्रभाव हटेपछि पनि मुद्रास्फीति बजारमा स्थिर नबसोस् भन्नेतर्फ समिति सचेत रहेको र यसलाई नियन्त्रणमा राख्ने लक्ष्य रहेको बैंकले जनाएको छ । तथ्याङ्कअनुसार आरबीएले प्राथमिकता दिने मुद्रास्फितिको मापक ‘ट्रिम्ड मीन’ मार्चको ३.३ प्रतिशतबाट बढेर अप्रिलमा ३.४ प्रतिशत पुगेको छ । यो सन् २०२४ सेप्टेम्बर यताकै उच्च बिन्दु हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्