काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बुटवल मार्फत बुटवल माध्यमिक विद्यालयलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले बुटवल माध्यमिक विद्यालयमा अध्ययनरत ७० जना गरिब तथा विपन्न समुदायका बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेका हुन् ।
कार्यक्रममा बाल्दै बुटवल क्षेत्र प्रमुख आचार्यले प्रारम्भिक तहमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै स्कुल ब्याग सहयोग गरिएको बताए । उनले विद्यालय जाने उमेरका बालबालिकाका लागि स्कुल ब्याग केवल सामग्री बोक्ने साधन मात्र नभई उनीहरूमा विद्यालयप्रतिको आकर्षण, आत्मविश्वास र जिम्मेवारीबोध अभिवृद्धि गर्ने माध्यम समेत भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होम बहादुर रायमाझीले बैंकले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको उत्साह बढाउनुका साथै अभिभावकहरूलाई समेत राहत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्