Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन, सात सयभन्दा बढी लाभान्वित 

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यही २०८३ जेठ २९ गते शुक्रबार जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते शनिबार दुहुँ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

जिल्ला अस्पताल खलङ्गामा सञ्चालित आँखा शिविरमा ३ सय ८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालित शिविरमा ३ सय २४ जनालाई विशेषज्ञ डाक्टरसँग निःशुल्क आँखा परीक्षण र परामर्शका साथै आवश्यक औषधी र चश्मा वितरण गरिएको थियो ।

शिविरमा गेटा आँखा अस्पताल धनगढीका नेत्र चिकित्सकसहितको टोलीले सेवा दिएको थियो । उक्त शिविरमा आँखा परीक्षण गरिएकामध्ये मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बैंकद्वारा निशुल्क शल्यक्रिया गर्ने व्यवस्था गरिने जनाईएको छ ।

शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK