काठमाडौँ । सरकारले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँड्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा बाँडिने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।
उनले सुकुम्बासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको जानकारी दिएकी छिन् ।
विगतमा आयोगहरु राजनीतिक भर्ती केन्द्र बनेकै कारण सुकुम्बासी समस्या समाधान हुन नसकेको टिप्पणी गर्दै सांसद रावलले विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद रहेको बताइन् ।
उनले अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को अध्यक्षतामा गठन हुने समितिले सुकुम्बासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरुको समितिले काम गर्ने बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्