काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले संसदले निर्देशन दिएमा सरकारले विशेष खालको बजेटको व्यवस्था गर्ने पनि बताएका छन् ।
सरकारले हजारौँ ठाउँहरुबाट उठाएको कर आवश्यकताको आधारमा उपयोग गर्ने नीति लिएको पनि अर्थमन्त्री वाग्लेले प्रष्ट्याएका छन् । ‘…हजारौँ ठाउँबाट उठाइएका करहरु एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ ।’, उनले भने, ‘र जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ ।’
त्यस्तै, अर्थमन्त्री वाग्लेले प्रशासनिक र कानूनी जटिलता नआउने गरी सरकारले करको उपयोग गर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्