काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले गरिरहेको ठूलो आर्थिक विचलनमाथिको अनुसन्धानका कारण लगानीकर्ता त्रसित हुँदा स्टक मार्केट घटेको हुनसक्ने आशय प्रकट गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
उनले अहिले सरकारले पूँजी बजार जोडिएको ठूलो आर्थिक विचलनमा १ खर्ब बढी बिगो मागेर मुद्दा चलिरहेको बताए ।
देशै हल्लाउने र भित्रभित्रै मक्किसकेको कुरालाई ट्रयाकमा ल्याउन चलिरहेको अनुसन्धानको दायरामा आफू पनि पर्ने वा तानिने त्रास केही लगानीकर्तामा भएको हुनसक्ने अर्थमन्त्रीले बताए ।
‘पूँजी बजार इत्यादिमा ठूलो विचलन आएको कुरा भर्खरै १ खर्ब भन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ । त्यसको केन्द्रबिन्दुमा हाम्रो क्यापिटल मार्केटहरु थिए । इन्स्योरेन्स, स्टक सेक्युरिटिज, यत्रो विचलन, देशै हल्लाउने, भित्रभित्रै मक्किसकेको कुरालाई हामी ट्रयाकमा ल्याउँदै छौँ ।’, उनले भने, ‘यो अनुसन्धानको दायर बढ्दै जाँदा म पनि पर्छु कि ! हामी पनि तानिन्छौँ कि भन्ने त्रास केही लगानीकर्तामा भएको हुनसक्छ ।’
त्यस्तै, अहिले सरकार ‘गुड गभर्नेन्समा निर्मम ढंगले अघि बढ्दै गर्दा १०-१५ वर्षका आचरणगत र नियतगत कुराहरुबाट केही लगानीकर्ताहरु ‘वाच एण्ड वेट’को नीति रहेको अर्थमन्त्री भनाई छ ।
उनले अहिले सरकारले १-१ घण्टाको स्टक मार्केट नभएर युगयुगको लागि दूरगामी नीतिमा काम गरिरहेको पनि उल्लेख गरेका छन् ।
‘हामी १-१ घण्टामा स्टक मार्केटको इन्डेक्स तल जान्छ कि माथि जान्छ भनेर हेर्दैनौँ ।’, अर्थमन्त्री वाग्लेले भने, ‘हामी युगयुगको लागि दूरगामी नीतिमा काम गरिरहेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्