- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लकडाउन खुलेपछि देशभर भएका गतिविधिलाई दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखराको फेवातालबाट डुङ्गामा राखेर निर्माण सामग्री पुम्दीभुम्दीतर्फ लैजाँदै मजदुर ।
पुनःनिर्माण भइरहेको काठमाडौँको रानीपोखरी ।
पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित कौसीमा लटरम्म फलेको कागती देखाउँदै कौसी खेती कृषक गीता लामिछाने । पोखरामा पछिल्लो समय कौसीमा खेती लगाउने प्रचलन बढेको छ ।
पोखराको अमरसिंह चोकबाट बुधबार बिहान मौसम खुलेसँगै बादलले लपेटिएर देखिएको माछापुच्छ«े हिमाल ।
सेतीनदीमा आएको भेलले बगाएर ल्याएको मुढा घरतर्फ लैजाँदै व्यासनगरपालिका–५ बेनीपाटनका स्थानीयवासी ।
अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो ।
पाल्पा रामपुर नगरपालिका– १ स्थित स्याउली बजारका पहिरो पीडित । घर माथिबाट पहिरो खसेपछि यहाँका दुई घरमा क्षति पुगेको छ भने तीन घर जोखिममा छन् ।
भक्तपुरको चाँगुनारायणमा थाङ्का व्यवसायी थाङ्का बनाउँदै ।
कैलालीको गौरीगङ्गा नगरपालिका–५, वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य एवं पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी ।
तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा जोखिम मोलेर माछा मार्नका लागि जाल राख्दै एक वृद्ध । केही दिनदेखि परेको वर्षाले नदीमा पानीको बहाव बढेपनि माछा मार्ने क्रम भने रोकिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औँ स्मृति दिवसका अवसरमा नेकपा जिल्ला समिति बागलुङद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा बुधबार धौलागिरि अस्पतालको बगैँचामा वृक्षरोपण गर्दै गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली र संघीय सांसद मनकुमारी केसी ।
तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा मादी नदी कटानले मङ्गलबार खसेको पहिरो । पहिरोका कारण छेउछाउमा रहेका केही घर जोखिममा छन् ।
नारायणी नदीको कटानबाट जमिन संरक्षण गर्न पर्खाल लगाउँदै स्थानीयवासी र नेपाली सेना ।
केही दिनको अविरल वर्षापछि बुधबार बिहान लमजुङको बेँसीशहरबाट देखिएको लमजुङ हिमाल ।
छिन्चु–जाजरकोट सडकखण्डको भेरी नगरपालिका–१०, फेरामा सडक छेउछाउमा बनाएका घर टहरा हटाएर सडक फराकिलो बनाइँदै ।
बारेकोट गाउँपालिका –४ सार्कीगाउँमा अविरल वर्षाका कारण खसेको पहिरोले घर क्षति पु¥याएपछि विस्थापित परिवारलाई बस्न व्यवस्थापन गरिएको त्रिपाल । अहिले सार्कीगाउँका विस्थापितलाई खान र बस्न समस्या भएको छ । पहिरोमा परी १२ जनाको मृत्यु भएको थियो ।
पोखरा महानगरपालिका– २१ फेदीपाटनमा टनेलभित्र लगाइएको गोलभेडा खेती रेखदेख गर्दै युवा । उनले जग्गा भाडामा लिएर व्यवसायिक गोलभेडा खेती शुरु गरेका हुन् ।
बयालिसौँ पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुष्पलालको शालिक अगाडि सामूहिक तस्वीरमा नेपाल कम्युनिष्ठ पार्टी ९नेकपा० का वरिष्ठ नेता माधवकुमार नेपाल ।
कालोपत्रे भएको दंगीशरण पहुँच मार्ग । दाङ–सुर्खेत सडकबाट दंगीशरण गाउँपालिकाको कार्यालय जोड्ने उक्त सडक कालोपत्रे भएपछि नागरिकलाई आवातजावतमा सहज भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औँ स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान लमजुङद्वारा बेँसीशहरमा बुधबार आयोजित रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रममा रक्तदान गर्दै लमजुङमा कार्यरत ट्राफिक प्रहरी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसका अवसरमा बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान लमजुङद्वारा बेँसीशहरमा आयोजित रक्तदान तथा रक्त समूह पहिचान कार्यक्रममा रक्तदान गर्दै नेकपा दोर्दी गाउँपालिका समितिका अध्यक्ष युवराज अधिकारी ।