काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका-३, दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ ।
बैंकले प्रविधिको पहुँच बिस्तार बढाउँदै विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ उक्त विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने मेरुदण्डिय पक्षघात सम्बन्धि विशेष सेवा उपलब्ध गराइरहेको उक्त संस्थासँग आवद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरुको दैनिक जिवनयापनमा थप सहयोग होस् भन्ने हेतुले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ ।
हाल १३५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमकाबीच बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले उक्त विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई एक थान ल्यापटप हस्तान्तरण गरेका छन् ।
त्यसैगरी, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरुको सहयोग, पुर्नस्थापना तथा दीर्घकालिन हेरचाहमा कार्य गर्दै आइरहेको मेरुदण्डिय पक्षघात समुह नेपाललाई मिति २०८३ आषाढ ५ गते विशेष कार्यक्रमकाबीच बैंकका काठमाडौं नर्थका सर्कल हेड सुदिन कुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले उक्त संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र महासचिव केशव थापालाई संयुक्तरुपमा आरओ वाटर प्युरिफायर जडानगरी हस्तान्तरण गरेका छन् ।
बैंकले उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै प्रविधिको पहुँचमा सहयोग पुग्ने र मेरुदण्डिय पक्षघात समुह नेपाललाई उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य तथा सरसफाईंमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्