काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा डा. गोपाल प्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन् ।
यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले अध्यक्षका लागि भट्टसँगै बोर्डको पूर्व कार्यकारी निर्देशक डा. नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकको पूर्वका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीको नाम सिफारिस गरेको थियो ।
तीमध्ये सरकारले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्