काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका सिइओको मनपरी तलब बढाउने प्रवृत्तिमा राष्ट्र बैंकले कडाई गरेको छ । सिइओको तलबसम्बन्धी नयाँ मार्गदर्शन जारी गर्दै राष्ट्र बैंकले सिइओको मनपरी तलब बढाउने प्रवृत्तिमा कडाई गरेको हो ।
मार्गदर्शनमार्फत राष्ट्र बैंकले सिइओको पारिश्रमिकलाई संस्थाको कुल सम्पत्ति र कर्मचारी खर्चसँग प्रत्यक्ष आबद्ध गरिदिएको छ ।
अर्कोतर्फ सिइओको तलब, भत्ता र सुविधा निर्धारणका लागि ‘तलब, भत्ता तथा अन्य सुविधा सिफारिस समिति’ गठन गर्नुपर्नेछ । उक्त समिति स्वतन्त्र सञ्चालकको संयोजकत्वमा गठन गर्नुपर्नेछ । समितिमा अन्य दुई सञ्चालकसमित कुल ३ सदस्य रहनेछन् ।
सोही समितिले सिइओको योग्यता, अनुभव, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार र जुनियर असिस्टेन्टदेखि सिइओबीचको तलबको भिन्नताको समीक्षा गरेर सिइओको तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्न सिफारिस गर्नेछ । सोही सिफारिसका आधारमा सिइओको पारिश्रमिक र सुविधा तय गर्नुपर्नेछ ।
त्यस्तै, राष्ट्र बैंकले सिइओहरुको कार्यसम्पादनमा आधारित पारिश्रमिकमा समेत बढीमा २० प्रतिशतको सीमा तोकेको छ । सम्झौता अनुसार कार्यसम्पादन गर्न नसकेमा यस्तो पारिश्रमिक पाइने छैन ।
यता राष्ट्र बैंकले सिइओलाई एउटा कार्यकालभरमा भौतिक सुविधाका रुपमा एउटा मोबाइल, एउटा ल्यापटप र एउटा गाडी मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । इन्टरनेट, टेलिफोन, पत्रपत्रिका र अन्य खर्चका लागि निश्चित वार्षिक तलबको बढीमा ०.५० प्रतिशत मात्र खर्च गर्न पाइनेछ । सो भन्दा बढी खर्च भए सिइओ आफैँले व्यहोर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्