काठमाडौँ । बैंकमा राखेको सुन नै हराएपछि राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरुले बैंक घेराउ गरेका छन् । सोमबार बैंक पुगेका ऋणीहरुको समूहले सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंक घेराउ गरेका हुन् ।
ऋणीहरुले ऋण लिन बैंकको बानेश्वर शाखामा सुन धितो राखेका थिए । तर, भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा ऋणीहरुले धितोमा १८ किलो सुन र सवा ५ करोड रुपैयाँ नगद लुटिएको बैंकको दाबी छ ।
तर, ऋणीहरुले भने बैंकले सुन लुटिएको विषय आफूहरुलाई जानकारी नै नदिएको बताएका छन् । बैंकबाट सुन लुटिइसकेपछि पनि बैंकले सो सुनको साँवा र ब्याज लिइरहेको ऋणीहरुको दाबी छ । तर, ऋण चुक्ता गरेर सुन लिन जाने बेला मात्र सुन लुटिएको जानकारी आफूहरुले पाएको ऋणीहरुले बताए ।

हाल बैंकले रद्द भइसकेको निर्णय अनुसार भदौ २४ गतेकै मूल्यमा पैसा दिइरहेको ऋणीहरुको भनाई छ । हाल उनीहरु आफूहरु बैंकबाट लिएको ऋण चुक्ता गर्न तयार रहेको र बैंकले सुनको बदलामा सुन नै दिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
त्यस्तै, आन्दोलनमा उत्रिएका ऋणीहरुले आफूले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै नपाएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् । ‘सुन लुटिया भनियो । ठिक छ । लुटिएको सुन जस्ताको त्यस्तै पाइने कुरा भएन ।’, आन्दोलनमा सहभागी एक ऋणीले भने, ‘आकार परिवर्तन भए फरक पर्दैन, तर हामीलाई हामीले बैंकमा जति सुन राखेका थियौँ, त्यति नै सुन चाहिन्छ । नत्र आन्दोलन रोक्दैनौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्