- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । कानुनविपरीत चेक काटिएको खबर पाएपछि अख्तियार कञ्चनपुरको टोलीले छापा मारेको हो ।
आर्थिक वर्ष सकिए पनि पुरानो मिति राखेर भुक्तानी भइरहेको उजुरी आएपछि अख्तियाको टोली लम्कीचुहा पठाइएको अख्तियार कञ्चनपुरका प्रमुख खगेन्द्र रिजालले जानकारी दिए । अख्तियारको टोलीले नगरपालिकाका कागजात समेत नियन्त्रणमा लिएको छ ।
नयाँ आर्थिक वर्ष २०७७/७८ सुरु भइसके पनि कानुनविपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको थियो । नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका थिए ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीले पनि गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानूनसम्म नभएको बताएका थिए ।