Skip to content
LAXMI SUNRISE BANK

५ लघुवित्तलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारवाही, सिइओ र सञ्चालकलाई गरायो सचेत !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको हो । 

कारवाहीमा पर्नेमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् । 

राष्ट्र बैंकका अनुसार आरम्भ लघुवित्तले न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत, गणपतिले ६.०६, सामुदायिकले ६.१२, नेरुडे मिर्मिरेले ६.०१ प्रतिशत र सिवाईसी नेपालले ६.२० प्रतिशत मात्र न्यूनतम पुँजीकोष अनुपात कायम गरेका छन् । 

यी पाँचवटै लघुवित्तलाई ‘शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ (क) अनुसार कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । शीघ्र सुधारात्मक कारवाहीसँगै राष्ट्र बैंकले विभिन्न नियामकीय निर्देशन तथा संस्थागत विनियम उल्लंघन गर्ने सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई समेत सचेत गराएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK