काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत के.आई.सिंह गाउँपालिका-४, बगर वायल डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा साँगाचोकगढी नगरपालिका-१२, सिन्धुपाल्चोकस्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई ल्यापटप, कम्प्युटर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको छ ।
हाल प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेकोमा बाबुआमा नभएका सीमान्तकृत २१ जना विद्यार्थीहरुलाई खानेबस्ने सुविधासहित आवासीय सुविधा प्रदान गरिरहेको श्री सरस्वती आधारभूत विद्यालयमा असार १५ गते एक कार्यक्रमकाबीच बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले उक्त विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी, प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेको श्री जन जागृति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका झन्डै ४५० विद्यार्थीहरुकोे प्रविधिमा पहुँच तथा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून भन्ने उद्देश्यका साथ बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको छ ।
असार १६ गते एक कार्यक्रमकाबीच बैंकका इएसजी एण्ड सस्टेनेबल बैंकिङ्ग डिपार्टमेन्ट प्रमुख सोफी अधिकारी पौड्याल र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपेन्द्र प्रसाद नेपाल र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्तरुपमा ल्यापटप, कम्प्युटर र प्रोजेक्टर प्रदान गरेका हुन् ।
बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शिक्षासँगै प्रविधि पहुँचमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्