Skip to content
LAXMI SUNRISE BANK

गणेश नेपाली मृत्यु प्रकरणः डीआईजीको नेतृत्वमा छानविन समिति गठन

अर्थ सरोकार

काठमाडौँ । गणेश नेपाली मृत्यु प्रकरणमा छानविन गर्न सरकारले ५ सदस्यीय छानविन समिति गठन गरेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री सुधन गुरुङले छानविन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

गणेश नेपाली मृत्यु प्रकरणका विषयमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्रीले घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताए ।

गृहमन्त्री गुरुङका अनुसार सरकारले डीआईजी गोविन्द थपलिकाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । छानविनका लागि महानगरका ३ जना पदाधिकारीलाई नियन्त्रणमा लिइएको पनि गृहमन्त्री गुरुङले बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK