Skip to content
LAXMI SUNRISE BANK

अमेरिका-इरान युद्धः इरानले फेरि बन्द गर्यो ‘स्ट्रेट अफ होर्मुज’, सैन्य कारवाही गर्ने अमेरिकाको चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । इरानले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेको छ । विश्वकै महत्वपूर्ण समुन्द्री व्यापारिक मार्ग मानिएको होर्मुज इरानले अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको हो । 

इरानले ‘स्ट्रेट अफ होर्मुज’ बन्द गरेपछि अमेरिका-इरानबीचको तनाव थप उत्कर्षमा पुगेको छ । 

अमेरिकाले साइप्रसको झण्डा बोकेको व्यापारिक जहाजमाथि इरानले आक्रमण गरेको दाबी गरेको छ । उक्त आक्रमणपछि तेस्रो चरणको सैन्य कारवाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ । 

यता इरानले भने स्वीकृत मार्ग छोडेर यात्रा गरिरहेको जहाजलाई पटक-पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नैसैनिक क्रुज मिसाइल प्रहार गरिएको उल्लेख गरेको छ । उक्त विषयलाई लिएर अमेरिका कुनै पनि सैन्य कारवाही गरे त्यसको प्रतिकार गर्ने इरानले चेतावनी दिएको छ । 

यसरी दुवै देशबीच आक्रमणको शिलशिला नरोकिएपछि र आक्रमणको श्रृङ्खला नरोकिने देखिएपछि अमेरिका-इरानबीच थप तनाव बढ्ने देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK