काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति २.८९ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार गत जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ ।
गत जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत फलफूल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७.४० प्रतिशत, घ्यू तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.९३ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेयपदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ता, चप्पलको ५.५३ प्रतिशतले बढेको छ ।
त्यस्तै, गत जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७५, मधेस प्रदेशको ५.६२, बागमती प्रदेशको ४.७९, गण्डकी प्रदेशको ५.०५, लुम्बिनी प्रदेशको ५.६२, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ ।
त्यस्तै, जेठ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशत, तराईको ५.७४ प्रतिशत, पहाडको ५.०७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्