×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार १४.९९ अंकले घट्यो बजार, १ अर्ब ८७ करोडमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मंगलबार १४.९९ अंकले घट्यो बजार, १ अर्ब ८७ करोडमाथिको कारोबार

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनामा बजार १४.९९ अंकले घटेर १४४९.९४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८५ कम्पनीको ४९ लाख ७६ हजार ४८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड माथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको कुल १४ करोड २४ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र नेपाल पुनर्बिमा कम्पनीको भएको छ ।
यता, सोमबारको कारोबार व्यापार, होटल्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचकहरु बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्त र श्री राम सुगर मिललगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै हिमाल दोलखा र गुराँस लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी