काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि साविककै १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ ।
इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरुबाट एलपी ग्यासको लोलिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले बुधबारदेखि सिलिण्डरमा १४.२ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
निगमले १४.२ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० तोकेको छ । निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७.१ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्