Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई पनि असारकै नाफामा देखाउन पाउने !

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले साउन १५ गतेसम्म उठेको ब्याजलाई असारकै नाफामा देखाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै असार मसान्तसम्म पाकेको ब्याज उठाउन साउन १५ गतेसम्मको समय (ग्रेस पिरियड) उपलब्ध गराएको छ । 

योसँगै बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको सकिएको १५ दिनभित्र (साउन १५ गतेसम्म)उठेको ब्याजलाई पनि चालु आर्थिक वर्षको असारकै आम्दानीमा देखाउन पाउनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK