काठमाडौँ । बदलिँदो जीवनशैलीसँगै बैंकिङ सेवाको स्वरूप पनि परिवर्तन भइरहेको छ । आजका युवा केवल बचत गर्ने खाता मात्र होइन, उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने, सहज, छिटो र कम लागतको बैंकिङ समाधान खोजिरहेका छन् । यही आवश्यकतालाई केन्द्रमा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले नवयुवा लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
बैंकले सार्वजनिक गरेको यो विशेष बचत खाता विद्यार्थी, फ्रिलान्सर, कन्टेन्ट क्रिएटर, स्टार्टअप उद्यमी तथा डिजिटल प्लेटफर्ममा सक्रिय युवाको वित्तीय आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको जनाएको छ । बैंकका अनुसार नयाँ पुस्ताको सोच, जीवनशैली र डिजिटल व्यवहारलाई मध्यनजर गर्दै तयार गरिएको यो बचत खाताले आधुनिक बैंकिङ अनुभवलाई थप सहज बनाउने विश्वास लिइएको छ ।
बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ले ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ को औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै बैंकले भविष्यको बैंकिङ युवा पुस्ताको आवश्यकता र प्रविधिमैत्री सेवासँग जोडिएको उल्लेख गरेको थियो ।
यस बचत खाताको प्रमुख आकर्षणमध्ये न्यूनतम रु. १०० बाट खाता सञ्चालन गर्न सकिने सुविधा रहेको छ । खातामा वार्षिक ३.०२ प्रतिशत ब्याजदर उपलब्ध गराइने बैंकले जनाएको छ । साथै, नयाँ ग्राहकलाई पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सी–आश्वा दर्ता तथा सी-आश्वा कमिसन जस्ता सेवाहरू निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
डिजिटल बैंकिङलाई थप प्रोत्साहन दिने उद्देश्यले बैंकले विशेष बन्डल्ड डिजिटल प्याकेज पनि ल्याएको छ । एटीएम कार्ड, मोबाइल बैंकिङ, ई-कम कार्ड तथा इन्टरनेट बैंकिङ गरी चारवटै सेवा एकैपटक लिँदा ग्राहकले रु. ५०० मै सम्पूर्ण डिजिटल सेवा प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यसले युवा ग्राहकलाई न्यून लागतमा पूर्ण डिजिटल बैंकिङ अनुभव प्रदान गर्नेछ । यस खातामा ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट, मोबाइल बैंकिङभित्र विशेष जेन-जी ड्यासबोर्ड, तथा पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता (Cashback) जस्ता आकर्षक सुविधासमेत समावेश गरिएको छ । बैंकको विश्वास छ कि यी सुविधाले डिजिटल पुस्ताको दैनिक वित्तीय गतिविधिलाई थप सहज र प्रभावकारी बनाउनेछन् ।
सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा प्रविधिमैत्री बैंकिङ सेवामा निरन्तर नवीनता ल्याउँदै आएको छ । बैंकले यसअघि नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो । त्यस्तै, फ्रिलान्सरलाई लक्षित विशेष ‘फ्रिलान्सर सेभिङ्ग अकाउन्ट’, मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन (C-ASBA) र CRN नम्बर सेवा, साथै क्रस बैंक टेलर क्युआर सेवा जस्ता सुविधा पनि सुरु गरिसकेको छ ।
बैंकले डिजिटल बैंकिङलाई विस्तार गर्ने रणनीतिअनुरूप ग्राहकको आवश्यकता अनुसार नयाँ-नयाँ सेवा विकास गर्दै आएको जनाएको छ । प्रविधिको प्रयोगलाई सरल, सुरक्षित र सर्वसुलभ बनाउँदै बैंकले युवा पुस्तालाई औपचारिक वित्तीय प्रणालीसँग जोड्ने लक्ष्य लिएको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइ मार्फत १९ लाख ५४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । विस्तारित सेवा सञ्जाल र डिजिटल पूर्वाधारमार्फत बैंकले नेपालमा आधुनिक बैंकिङ संस्कृतिको विकासमा निरन्तर योगदान पुर्याइरहेको जनाएको छ ।
बैंकका अनुसार ‘सिटिजन्स जेन-जी सेभिङ्ग अकाउन्ट’ केवल एउटा बचत खाता होइन, नयाँ पुस्ताको सोच, प्रविधि र भविष्यलाई केन्द्रमा राखेर तयार गरिएको आधुनिक बैंकिङ प्लेटफर्म हो, जसले युवालाई वित्तीय रूपमा अझ सशक्त र आत्मनिर्भर बनाउने विश्वास लिइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्