काठमाडौँ । बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनाको सम्पत्ति जफत भएको छ । बंगलादेश सरकारले हसिनासँग सम्बन्धित ६.२ अर्ब डलर (९ खर्ब ४२ अर्ब रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको हो ।
गत फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले हसिनाको सम्पत्ति जफत गरेको हो । बंगलादेश सरकारले हसिनाले आफ्नो १५ वर्षे शासनकालमा सो सम्पत्ति अवैध रुपमा आर्जन गरेको आरोप लगाएको छ ।
बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू)का अनुसार हसिनाको देशभित्र रहेको ५ सय ७० अर्ब टका र विदेशमा रहेको १ सय ९० अर्ब टका बराबरको सम्पत्ति जफत गरिएको छ ।
आन्दोलनपछि सत्ताच्युत भएर देश छोडेकी हसिना यही वर्षको अन्त्यसम्म बंगलादेश फर्किने घोषणा गरेको केही दिनपछि नै बंगलादेश सरकारले सो घोषणा गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्