Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारबारे प्रधानमन्त्री बालेनको चासो, गभर्नरसँग भेट, अन्यसँग केही दिनमा भेट्ने !

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नरबीच भेट भएको छ । शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार भेट भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री र गभर्नरबीच सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको थियो ।

गभर्नरसँगको भेटमा प्रधानमन्त्री शाहले सेयर बजारबारे चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाहले धितोपत्र बोर्ड, नेप्से लगायतका नियामकीय निकायका पदाधिकारीसँग पनि केही दिनमा भेट्ने तयारी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK