Skip to content
LAXMI SUNRISE BANK

छाप्न बाँकी सबै स्मार्ट लाइसेन्स छापियो, अब नयाँ लाइसेन्स ‘ट्रायल’ पास गरेको २४ घण्टामै पाइने !

अर्थ सरोकार

काठमाडौँ । विगत लामो समयदेखि छाप्न बाँकी रहेका सबै सवारी चालक अुनमतिपत्र (लाइसेन्स) छापिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्स छपाईको काम सकिएको जनाएको हो । 

मन्त्रालयका अनुसार सुरक्षण मुद्रण र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौता अनुसार छाप्न बाँकी २७ लाख स्मार्ट लाइसेन्स छपाईको काम सकिएको छ । 

पहिलो चरणमा २०८२ कात्तिक १२ गतेको सम्झौता अनुसार १२ लाख र दोस्रो चरणमा २०८३ बैशाख ४ गते भएको सम्झौता अनुसार १५ लाख गरी छाप्न बाँकी कुल २७ लाख लाइसेन्स छपाईको काम पूर्ण रुपमा सकिएको मन्त्रालयले जनाएको छ । 

पुराना लाइसेन्स छाप्ने काम सकिएसँगै अब नयाँ लाइसेन्स २४ घण्टाभित्र छाप्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल पनि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्र स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिँदै आएको छ । 

योसँगै अब सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्ससँगै, नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट तथा जग्गाधनी प्रमाणपत्र लगायत सुरक्षण मुद्रण सामाग्री पनि उत्पादनको तयारी भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK