काठमाडौँ । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रबर्द्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रबर्द्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष्य श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पर्यावरण तथा हरित बैंकिङ प्रबर्द्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्ष्यित समुदाय अनुरुप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।
‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,’ बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने । ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।’
नेपालका अग्रणी वित्तीय संस्थाहरुमध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जनाएको छ । हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै, आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक, र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित्त प्रवद्र्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपुर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्