काठमाडौँ । अर्थ सरोकार डटकमको मल्टिमिडिया प्रमुखमा रामप्रसाद सापकोटा नियुक्त भएका छन् । लामो समय टेलिभिजन पत्रकारिता र अन्य मल्टिमिडिया क्षेत्रमा काम गरेका सापकोटा साउन ५ गते (आज) देखि लागू हुनेगरी अर्थ सरोकारमा आवद्ध भएका हुन् ।
सापकोटा यसअघि ८ वर्षसम्म हिमालय टेलिभिजनमा आवद्ध थिए ।
अर्थ सरोकार डटकमका प्रधान सम्पादक/कार्यकारी अध्यक्ष सुरज प्याकुरेलले सापकोटालाई अर्थ सरोकारमा स्वागत गरे । कार्यकारी अध्यक्ष प्याकुरेलले सापकोटाको एक दशक लामो मल्टिमिडिया क्षेत्रको अनुभवले अर्थ सरोकारलाई थप परिस्कृत बनाउने विश्वास व्यक्त गरे ।
आफ्नो कार्यभार ग्रहण गर्दै सापकोटाले आर्थिक क्षेत्रको अग्रणी सञ्चार माध्यममा काम गर्ने अवसरलाई आफ्नो अनुभवले थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । टिकटकमा १२ लाख, फेसबुकमा १८ लाख, युट्युबमा ३ लाख ५० हजार बढी फलोअर्ससहित अर्थ सरोकार मल्टिमिडियामा सक्रिय छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्