काठमाडौँ । साउदीबाट ‘टिक्मो’मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले कार जितेका छन् । कालाखेतीले ‘वीवाइडी अटो १’ ईभी कार जितेका हुन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरेका छन् ।
कारको चाबी हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा उठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताएका छन् ।
त्यस्तै, उनले विदेशमा काम गर्ने व्यक्तिले देखेका सपना पूरा गर्न आइएमई र टिक्मोका यस्ता योजनाहरु केवल सेवा प्रदान गर्नमा मात्र सीमित नभएर परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उल्लेख गरेका छन् ।
कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आइएमई सदैव अग्रसर रहेको बताए । उनले विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुर्याउन आइएमईले अतुलनीय भूमिका निभाएको बताएका छन् ।
आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको ‘साउदीबाट टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ’ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गतेसम्म सञ्चालन भएको थियो । उक्त योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको कम्पनीको भनाई छ ।
यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । साथै, बम्पर उपहार अन्तर्गत एक जना भाग्यशाली विजेताले ‘वीवाइडी अटो १’ गाडी जित्न सफल भएका हुन् ।
आइएमई र टिक्मोको सहकार्यमा नयाँ योजना सार्वजनिक
यसैबीच, आइएमई र टिक्मोको सहकार्यलाई अझ सुदृढ बनाउँदै आजैदेखि अर्को आकर्षक नयाँ योजना पनि सार्वजनिक भएको छ । जसमा १७ साउन २०८३ देखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मोमार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको २ गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
हरेक महिना २ जना विजेताले आफूले पठाएको रकमको ३ गुणासम्म पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भने बम्पर योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको ५ गुणासम्म पुरस्कार प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् । यो नयाँ अभियानले साउदी अरेबियामा रहेका हरेक नेपाली समुदायलाई अझ बढी सुरक्षित र औपचारिक माध्यमबाट डिजिटल रेमिटेन्स पठाउन प्रेरित गर्नेछ, साथै आइएमई र टिक्मोबीचको सफल सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुग्ने आइएमईको विश्वास छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्