काठमाडौँ । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा लिखुका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तु शिवराजकी कविता वेल्वासे छन् ।
प्रहरीका अनुसार प्रदीपकुमारले कम्बोडिया पठाइदिन्छु भन्दै एक जनाबाट ४ लाख रुपैयाँ र कविताले युएई पठाइदिने भन्दै १ लाख ८ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा खोजतलास गरिएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्