Skip to content
LAXMI SUNRISE BANK

कार्यकाल बाँकी छदै कालिकाका सीईओ मिनबहादुर बोहराले दिए राजिनामा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदबाट मिनबहादुर बोहरा बाहिरिएका छन् । ४ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले ६ महिना बाँकी छँदै संस्था छाडेका हुन् । उनले सञ्चालक समितिसँगको सहमतिमा नै सीईओ पद छाडेका हुन् ।
बोहरा बिदा भएसँगै सञ्चालक समितिले कामु सीईओको जिम्मेबारी डेपुटी सीईओ कमल खत्रीलाई दिएको छ । खत्री तत्कालिन जनसेवी लघुवित्त वित्तीय संस्थाका सीईओ थिए । जनसेवी कालिकामा गाभिए पछि बोहरा सीईओ र खत्री डेपुटी सीईओ भएर काम गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK