Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा र ईपीएस दुवै बढ्यो, कस्तो छ बैंकको वित्तीय अवस्था ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफामा वृद्धि देखिएको छ ।

चौथो त्रैमाससम्ममा बैंकले कुल ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको वितरणयोग्य नाफा ३६ करोड ८३ लाख रुपैयाँबाट बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । 

यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ५४ लाख रुपैयाँबाट घटेर ९ करोड १३ लाखमा झरेको छ । इम्पेयरमेन्ट चार्ज ह्वात्तै घटेपछि  बैंकको खुद नाफा बढ्न पुगेको हो । त्यस्तै, गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ६ रुपैयाँ ७७ पैसाले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ । 

कुल चुक्ता पूँजी ३.७३ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, यस अवधिमा बैंकको कुल कर्जा प्रवाह ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अधिमा बैंकको निष्क्रिय कर्जा ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ भने बैंकको सिडी रेसियो ८३.३७ प्रतिशत रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK