Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको सूचनाप्रति भ्यालुअर्स एसोसिएसनको आपत्ति, नसच्चिए आन्दोलन गर्ने चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न प्रकाशित गरेको सूचनाप्रति नेपाल भ्यालुअर्स एसोसिएसन (एनभिए)ले आपत्ति जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एनभिएले बैंकको सूचनाप्रति आपत्ति जनाएको हो । 

विज्ञप्तिमा नेपाल बैंकर्स एसोसिएसन (एनबिए) र नेपाल भ्यालुअर्स एसोसिएसन (एनभिए)बीच २०७४ सालमै भएको सम्झौताको मर्म विपरीत नेपाल बैंकले मूल्यांकनकर्ता सूचीकृत गर्न खोजेको उल्लेख छ । 

त्यस्तै, एनभिएले बैंकर्स एसोसिएसन र एनभिएबीच भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ । सम्झौता कार्यान्वयन नभए नेपाल बैंकविरुद्ध कडा आन्दोलनमा उत्रिने समेत एनभिएले चेतावनी दिएको छ ।

एनभिएले बैंकले एकपक्षीय रुपमा अघि बढाएको प्रक्रिया तत्काल सच्याउन समेत माग गरेको छ । उक्त प्रक्रियाबाट उत्पन्न हुने सम्पूर्ण क्षति, असर तथा परिणामको जिम्मेवार नेपाल बैंक स्वयम् हुनुपर्ने पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK