काठमाडौँ । अब घरमै बसेर नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने भएको छ । डिजिटल बैंकिङलाई थप सहज बनाउने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा घरबाटै अनलाइन बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको हो ।
योसँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्युआर कोड स्क्यान गरेर केही मिनेटमै व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् ।
नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले बैंकसम्म पुग्नुपर्ने झन्झट हटाउँदै खाता खोल्ने प्रक्रियालाई अझ छिटो, सहज र प्रविधिमैत्री बनाएको बैंकले जनाएको छ ।
यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाएर नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकका लागि उपलब्ध हुनेछ । खाता खोल्ने क्रममा आवश्यक व्यक्तिगत विवरण ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले एउटै विवरण बारम्बार भर्नुपर्ने झन्झट पनि हट्नेछ । यसले ग्राहकको गोपनीयता, सूचना सुरक्षा र डेटा सुरक्षालाई समेत सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
नागरिक एपमार्फत खोलिएको खाता पूर्ण रूपमा सञ्चालन गर्न भने ग्राहकले आफ्नो नजिकको ग्लोबल आइएमई बैंक शाखामा गएर वा भिडीयो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ ।
बैंकका अनुसार सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यस सेवाले सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ अनुभव प्रदान गर्नुका साथै नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई अझ सहज, पारदर्शी र आधुनिक बनाउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्