Skip to content
LAXMI SUNRISE BANK

लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेशनल लाइफको सम्मान, प्रशिक्षण र सांस्कृतिक कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्दै मासिक व्यवसायिक लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य हासिल गरेका अभिकर्ताहरूका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा करिब ३०० जना अभिकर्ता, वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक, शाखा प्रमुख तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचकमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको उल्लेख गर्दै यस सफलतामा योगदान पुर्‍याउने नियामक निकाय, ग्राहक, अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।

उनले नयाँ आर्थिक वर्षमा ग्राहकलाई अझ गुणस्तरीय सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै अभिकर्ता सञ्जाललाई थप सुदृढ बनाउनेतर्फ कम्पनीको विशेष ध्यान रहने बताए ।

कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता प्राप्त एमडिआरटी लक्ष्य हासिल गर्न आवश्यक रणनीति, कार्यशैली र व्यवहारिक पक्षबारे प्रशिक्षण दिएका थिए ।

यसैगरी, कार्यक्रममा स्ट्यान्डअप कमेडियन सुमन कार्कीको प्रस्तुति, गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको सांगीतिक प्रस्तुति तथा गायक दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको लाइभ कन्सर्ट र डीजे अमुको प्रस्तुतीले सहभागी अभिकर्ताहरूलाई मनोरञ्जन प्रदान गरेको कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK