Skip to content
LAXMI SUNRISE BANK

घरको सपना साकार बनाउन नबिल बैंकले ल्यायो ‘हाउजिङ लोन’ सुविधा

अर्थ सरोकार

काठमाडौं । आफ्नै घर बनाउने वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकका लागि नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना ल्याएको छ । बैंकले ग्राहकको आवश्यकता र वित्तीय क्षमताअनुसार लचिलो आवास कर्जा सुविधा उपलब्ध गराउँदै घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ ।

बैंकका अनुसार ‘नबिल हाउजिङ लोन’ अन्तर्गत घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी विभिन्न प्रयोजनका लागि कर्जा लिन सकिनेछ । ग्राहकको आय, आवश्यकता र भुक्तानी क्षमतालाई ध्यानमा राखेर कर्जा संरचना तयार गरिएको बैंकले जनाएको छ ।

यस योजनामार्फत ग्राहकलाई सहज, छिटो र व्यवस्थित वित्तीय समाधान उपलब्ध गराउने लक्ष्य राखिएको बैंकको भनाइ छ । कर्जाको रकम, भुक्तानी अवधि, ब्याजदर तथा अन्य सर्त र सुविधासम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको छ ।

नबिल बैंकले आवास कर्जाबारे थप जानकारी लिन चाहने ग्राहकलाई नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकका अनुसार कर्जा प्रक्रिया, योग्यता, आवश्यक कागजात तथा आवेदनसम्बन्धी सम्पूर्ण जानकारी ग्राहक सेवा केन्द्रबाट प्राप्त गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK