काठमाडौँ । लघुवित्त पीडितहरुले आमरण अनसन सुरु गरेका छन् । सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा उत्रिएका लघुवित्त पीडितले मंगलबारदेखि काठमाडौँमा सामूहिक आमरण अनसन सुरु गरेका हुन् ।
उनीहरुले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को ब्याज असुली, अनावश्यक शीर्षकमा गरिने हर्जना र विविध शुल्क खारेज गर्नुपर्ने माग गरेका छन् ।
विगतका सरकारले गरेका सहमति कार्यान्वयन नभएको र वर्तमान सरकारले सहमति कार्यान्वयनमा चासो नदेखाएको भन्दै अनसन सुरु गरेको लघुवित्त वित्तीय शोषणविरुद्धको संघर्ष समितिका संयोजक मनिराम ज्ञवालीले बताएका छन् ।
मंगलबारदेखि सामूहिक आमरण अनसन सुरु गरेको भन्दै ज्ञवालीले माग पूरा नभएसम्म अनसन नतोड्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्