Skip to content
LAXMI SUNRISE BANK

१ करोड धरौटी बुझाएर रिहा भए शेखर गोल्छा

अर्थ सरोकार

काठमाडौँ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेश अनुसार उनी धरौटीमा रिहा भएका हुन् ।

गोल्छालाई बीमा सम्बन्धी कसुर र धितोपत्र सम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेको गोल्छालाई हिमालय रि-इन्स्योरेन्ससँग जोडेर सीआईबीले अनुसन्धान गरिरहेको थियो । 

थुनछेक बहस चलिरहेका बेला जिल्ला अदालत काठमाडौँले गोल्छासँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । अदालतले मागे अनुसारको धरौटी बुझाएसँगै गोल्छा रिहा भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK