Skip to content
LAXMI SUNRISE BANK

बुधबार ७.७९ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४३ कम्पनीको ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन पावर पार्टनर लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, गरिमा समृद्धि योजनाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK