Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंककी चिफ बिजनेश अफिसर रश्मी पन्त पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पन्तलाई बुधबार पक्राउ गरेको हो । 

उनीमाथि ४८ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोप छ । 

सोही प्रकरणमा सीआईबीले एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई गत असार ३० गते नै पक्राउ गरेको छ । उनीमाथि सीआईबीले कर्जा दुरुपयोग गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ । 

रुपन्देहीस्थित सोही एसियन भिलेज रिसोर्टका नाममा दिइएको कर्जा दुरुपयोग प्रकरणको अनुसन्धानका लागि रश्मीलाई पक्राउ गरिएको सीआईबीको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK