काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र गैरआवासीय नेपाली (एनआरएनए) का प्रतिनिधिबीच छलफल भएको छ । नेपाली पूँजी बजारमा एनआरएनएको सहभागितामा केन्द्रित रहेर उक्त छलफल भएको हो ।
छलफलमा बोर्ड अध्यक्ष भट्टले एनआरएनएलाई नेपाली पूँजी बजारमा भित्र्याउन आवश्यक कार्य अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत गैरआवासीय नेपालीलाई पूँजी बजारमा सहभागी गराउने विषय समावेश गरेको भन्दै अध्यक्ष भट्टले सोही अनुसार बोर्डले पनि चालु आर्थिक वर्षको पूँजी बजार नीतिमा सो कार्यक्रम समावेश गरेर काम अघि बढाउने बताएका छन् ।
उनले गैरआवासीय नेपालीसँग भएको सीप, ज्ञान र पूँजी नेपालको पूर्वाधार विकासमा जोड्ने गरी व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
छलफलमा गैरआवासीय नेपालीका प्रतिनिधिहरुले नेपाल सरकार तथा सेबोनबाट भएको पहलबाट नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने वातावरण निर्माण हुँदै गएको धारणा राखेका छन् । उनीहरुले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले सार्वजनिक निष्कासनमार्फत गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीलाई साधारण शेयर जारी गरी रकम संकलन गर्ने र सो रकम नेपालको भौतिक पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताएका छन् ।
त्यस्तै, उक्त कम्पनीले भविष्यमा परियोजना विशेषका लागि ऋणपत्र (बन्ड तथा डिबेन्चर) मार्फत रकम संकलन गरी लगानी गर्ने योजनासमेत रहेको बताउँदै उनीहरुले आवश्यक कानुनी सुधारका लागि सहजीकरण गरिदिन सेबोनसमक्ष अनुरोध गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्