जनकपुर । सिँचाइका लागि जडान गरिएको विद्युतीय उपकरण (ट्रान्सफर्मर) चोरी भएपछि महोत्तरीको गौशालाका किसान समस्यामा परेका छन् । रोपाइँको महत्वपूर्ण समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानहरू सिँचाइ सुविधाबाट वञ्चित भएका हुन् ।
गौशाला नगरपालिका १ का किसान धनबहादुर समाल मगरका अनुसार कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र नकटाझिज धनुषाले विसं २०७९ मा डिप बोरिङ सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरेको थियो । उक्त ट्रान्सफर्मरबाट डिप बोरिङमार्फत करिब १५-१६ बिघा जमिनमा सिँचाइ हुँदै आएको थियो ।
उनले ट्रान्सफर्मर चोरी भएपछि धानबाली लगाउने समयमा सिँचाइको समस्या भएको बताए । ‘गत २०८२ चैत ३० गते ट्रान्सफर्मर चोरी भएको विषयमा स्थानीय प्रहरी प्रशासनमा जानकारी गराइसकेका छौँ ।’, उनले भने, ‘तर अहिलेसम्म चोरी भएको ट्रान्सफर्मर फेला परेको छैन, नयाँ ट्रान्सफर्मर पनि जडान हुन सकेको छैन ।’
उनका अनुसार ट्रान्सफर्मर उपलब्ध गराइदिन नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गरिए पनि हालसम्म व्यवस्था हुन सकेको छैन । यसबाट किसानहरूलाई वैकल्पिक सिँचाइका उपाय खोज्न बाध्य बनाएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख शम्भु कुसियैतले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएको बताएका छन् ।
उनका अनुसार पछिल्ला पाँच वर्षमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भएका छन् । तीमध्ये सबैभन्दा धेरै महोत्तरी जिल्लाबाट २५ भन्दा बढी ट्रान्सफर्मर चोरी भएको तथ्यांक रहेको उनले जानकारी दिएका छन् ।
चोरी भएका ट्रान्सफर्मरहरूको विवरण सङ्कलन गरी आवश्यक खोजतलास तथा अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराइसकिएको प्रमुख कुसियैतले बताए ।
ट्रान्सफर्मर भित्रको तामाको क्वाइल तार बजारमा महंगो मूल्यमा बिक्री हुने भएकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय भएको प्रमुख कुसियैतको भनाई छ । ट्रान्सफर्मर चोरीका घटनाले कृषिमा प्रत्यक्ष असर पारिरहेको भन्दै स्थानीय किसानहरूले दोषीलाई शीघ्र पक्राउ गरी नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्