काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका हुन् ।
अर्थमन्त्रीले गठन गरेको समितिमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य संयोजक छन् ।
उक्त समितिमा कानून मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन् । वार्ता समितिलाई आजै वार्ता सुरु गर्न अर्थमन्त्री वाग्लेले निर्देशन समेत दिएका छन् ।
वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् । समितिको पहिलो बैठक अहिले केहीबेरमा अर्थ मन्त्रालयमा बस्दै छ । सो बैठकले आन्दोलनरत लघुवित्त पीडितहरूसँग आजै वार्ता सुरु गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्