काठमाडौँ । ट्रन्क्यूलिटी स्पा प्रालिले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । यूआरएस, युकेएएस र आईएएफ मान्यता प्राप्त अन्तराष्ट्रिय प्रमाणीकरण निकाय हो ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाले सञ्चालन गर्ने सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा लागू गरिएको गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम) अन्तराष्ट्रिय मापदण्डअनुसार रहेको पुष्टि गरेको छ ।
प्रमाणीकरणको दायराभित्र थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पूल तथा टेनिस सुविधा समेटिएका छन्। यसले कम्पनीको सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवाले अन्तर्राष्ट्रिय गुणस्तर पूरा गरेको जनाइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र ट्रन्क्यूलिटी स्पाका लागि महत्वपूर्ण उपलब्धि मात्र नभई ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए । उनका अनुसार कम्पनीका सबै शाखामा ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह प्राप्त गर्ने सुनिश्चितता यसले झल्काउँछ ।
त्यसैगरी, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले यो प्रमाणीकरण ट्रन्क्यूलिटी स्पाले वर्षौंदेखि विकास गर्दै आएको प्रणाली र मापदण्डको औपचारिक मान्यता भएको बताए । उनले गुणस्तर, सरसफाइ र सेवामा निरन्तर सुधार गर्दै जाने कम्पनीको प्रतिबद्धता यसबाट थप बलियो भएको उल्लेख गरेका छन् ।
कम्पनीका अनुसार यस मान्यतासँगै ट्रन्क्यूलिटी स्पा नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित वेलनेस ब्रान्ड बनेको छ। यसले सुरक्षित, भरपर्दो र उच्च गुणस्तरको वेलनेस सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्