काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पक्राउ परेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सरकारी सम्पत्ति लिलाम गरेको प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका हुन् ।
भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२३ घापाखेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले बताएका छन् । जबराका अनुसार उनीमाथि स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको आरोप छ ।
प्राधिकरणको अध्यक्ष बन्नुअघि भण्डारी रेखा शर्मा सञ्चारमन्त्री हुँदा उनको सचिवालयमा विज्ञका रुपमा कार्यरत थिए । सो बेला पुरुषोत्तम खनाल प्राधिकरणको अध्यक्ष थिए । टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि खनाल निलम्बनमा परेपछि भण्डारी प्राधिकरणको अध्यक्ष बनेका थिए ।
प्राधिकरणको अध्यक्ष भएकै बेला पदको दुरुपयोग गर्दै राज्यको नाममा आइसकेको स्मार्ट सेलको सम्पत्ति बिक्री गराएर राज्यलाई नोक्सानी पुर्याएको प्रकरणमा जोडिएपछि सीआईबीले उनलाई पक्राउ गरेको हो । हाल उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्