काठमाडौँ । शिक्षा र स्वास्थ्यमा लिइएको समता शुल्क १५ दिनभित्र फिर्ता गरिने भएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता गर्ने जनाएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रुपमा छुट दिने व्यवस्था गरिएको छ ।
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क लगाउने सरकारको निर्णयको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साउन ५ गते सो शुल्क खारेज गर्ने घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार साउन ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो । अब भने हालसम्म शिक्षा र स्वास्थ्यमा लिइएको समता शुल्क १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ । तोकिएको समयावधिभित्र शुल्क फिर्ता नभए सो रकम संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्