काठमाडौं । बाँके जिल्लाको खजुरा गाउँपालिका-४ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ ।
काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.क.ले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको करिब ३ करोड २० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ । यो परियोजना बाँके जिल्लामा सञ्चालन भइरहेको आठौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
शिलान्यास कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्षसहित स्थानीय सरोकारवालाले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि थप सुरक्षित, सुविधासम्पन्न तथा गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।
भारतीय पक्षले नेपाल र भारतबीचको घनिष्ठ छिमेकी सम्बन्ध तथा विकास साझेदारीलाई निरन्तरता दिँदै शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमार्फत नेपाल सरकारको विकास र समृद्धिको अभियानमा सहयोग गर्दै आएको जनाएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत स्थानीय तहको आवश्यकता अनुसार विभिन्न विकास निर्माणका काम अघि बढाइँदै आएको पनि उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्