झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ भने डिजेल ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँ र एलपिजी २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा पेट्रोल ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँ र डिजेल ७ अर्ब तीन करोड ३२ लाख १९ हजार रुपैयाँ बराबरको आयात भएको थियो ।
उक्त कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयात गरी गत आवमा पेट्रोलबाट ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार र डिजेलबाट दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्